nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सञ्चारकर्मी राममाया अभिनित म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो)

67467872_496972307765876_-1563425356.png

गायिका फुलमाया थिङ्गको ‘धोका दियो आफ्नै छायाँले’ बोलको म्यजिक भिडियो बुधबार सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा मकवानपुरे सञ्चारकर्मी राममाया वाईबाको अभिनय रहेको छ । सञ्चारकर्मी राममाया अहिले धादिङ जिल्लामा रहेको रेडियो राजमार्गमा आवद्ध छिन् । उनले यसअघि नै ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनी सञ्चारकर्मी मात्र नभई शिक्षिका समेत रहेकी छन् । उनले थाहानगरपालिकामा रहेको सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गर्दै आईरहेकी छन् ।

गीतको म्युजिक भिडियो फुलमाया थिङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । जनक लामा र अर्चना स्याङ्तानको आवाज रहेको गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ । भिडियोमा गायिका फुलमाया थिङसंगै ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् । बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् । 

हेर्नुहोस भिडियो

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)