Sunday, 16th August, 2026
वि.स.

वज्रवाराही चौरको सौन्दर्यीकरण

bajrabarahi-1693112793.png

थाहा नगरपालिका-६ मा रहेको वज्रवाराही चौरको सौन्दर्यीकरण थालिएको छ । बज्रवाराही मन्दिरसँगै रहेको चौरमा चाइनिज दुबो लगाइएको छ ।

थाहा नगरपालिका-६ को कार्यालयले आठ हजार वर्गफिट क्षेत्रफलमा चाइनिज दुबो लगाएको हो। दुबो खरिद गरी स्थानीयको जनश्रमदानमा दुबो लगाइएको बताउँदै वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले चौरको आधा भागमा प्राकृतिक रैथाने दुबो रहेकाले त्यसलाई नै फैलने वातावरण निर्माण गरिने जानकारी दिए ।

दुबो लगाउन मात्र तीन लाख खर्च हुने देखिएको छ र तीन लाख रुपियाँ चौरको संरक्षण गर्न लागेको बताइएको छ। चौरमा अशोकलगायतका फूलका बिरुवा लगाएर चौरको सौन्दर्यीकरण गर्ने योजना रहेको उनले जानकारी दिए । वज्रवाराही मन्दिरमा हरेक तीन वर्षमा लाग्ने जात्रा भर्न आएकाहरू सोही चौरमा नै जम्मा भएर भजनकीर्तन र शुभकामना आदानप्रदान गर्छन्। चौरमा मेला तथा महोत्सव र खुल्ला कार्यक्रमसमेत हुँदै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०