thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

महोत्सवमा इन्दिरा जोशीको धमाकेदार प्रस्तुति
दुई करोडको कारोबार भयो– कोषाध्यक्ष खत्री

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको दोस्रो थाहा महोत्सवको साँङ्गितिक महोल राष्ट्रिय तथा स्थानीय कलाकारहरुले तताई रहेका छन् । काठमाण्डौ तथा देशका मुख्य शहरबाट दिनदिनै आउने विभिन्न कलाकारहरु तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई कृषि र पर्यटनको प्रवद्र्धनको साथै मनोरञ्जनकाको पनि केन्द्र बनेको छ । 
महोत्सव हेर्न स्थानीयहरु दिनदिनै महोत्सव स्थल इन्द्रायणी चौर पुग्ने गरेका छन्  । महोत्सवको नवौं दिन ५ असोजमा चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुति रहेको थियो ।  ..उध्रेको चोली.. बोलको गितबाट निकै चर्चा कमाएकी गायिका जोशीले माछि मारन हो... लगायतका गितहरु गाएर दर्शकहरुलाई फुरफुर्र पारेर नचाइन् । कार्यक्रममा उनको गित शुरु हुने वित्तिकै दर्शकहरु नाचिहाल्थे । कार्यक्रममा गायिक जोशी सहित मकवानपुर आइडल दिपराज केसी तथा थाहा आइडलका नृत्य तथा गायनतर्फका कलाकारहरुले पनि प्रतिस्पर्धासंगै मनोरञ्जन दिएका थिए ।
यसैबीच महोत्सवको नवौ दिनसम्म करिब दुई करोडको कारोबार भएको महोत्सवका मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए । महोत्सव अवलोकनका लागि २० हजार टिकट वितरण भएको पनि उनले बताए । दोस्रो थाहा महोत्सवमा होटल स्टल ११,  मुख्य स्टल २०८, खुल्ला पसल ८, कृषि प्रर्दशनीको लाइनमा १०, विशेष स्टल ९ वटा र ३ वटा स्टल बाल मेला गरी कुल २७० वटा रहेको छ ।