nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मदन पुरस्कार विजेता पुस्तक मेरो लकडाउनको खुराक 
अनित विष्ट

मेरो नाम अनित विष्ट हो । थाहा नगरपालिका वडा नम्बर ३ बुद्धचोक थानाबजारमा मेरो घर छ । अहिले लकडाउनले मलाई धेरैलाई फुर्सदिलोे बनाएको छ, म पनि यो समय जन्मथलो थाहा नगरपालिका ३ स्थित आफ्नै निवासमा सुरक्षित सँग आफ्नो घरपविारसँग बसिरहेको छु । म पेशाले उद्घोषक भएकाले विश्वमा फैलिएको कोरोनाको महामारीपछि नेपाल सरकारले पनि सम्पुर्ण कार्यक्रमहरु स्थगन गरेसँगै म अन्तिम कार्यक्रम बुटवल महोत्सवबाट फर्केर फाल्गुन २८ देखी आफ्नै घरमा बसीरहेको छु । 

दैनिक जीबनमा प्रायजसो यात्रामा निश्कनु पर्ने, कार्यक्रममा सहभागिताका लागि हिडिरहनु पर्ने, प्रायजसो चाडपर्वमा पनि बाहिर कार्यक्रममा नै व्यस्त भईने हुँदा केही वर्ष यता यति लामो समय परिवारसंग बस्ने मिलिरहेको थिएन, त्यसैले अहिले लकडाउनको यो समय परिवारसँगै रमाउने संयोग मिलेकाले यसलाई मैले अवसरको रुपमा लिएको छु । हामीले घरमा किराना पसल संचालन गरेकोले केहि समय त्यो पसल खोल्ने बाहेक अन्य समय हामी घरपरिवारका सबैजना फुर्सदमै हुन्छौं । त्यसैले फुर्सदको समय रहरका स्वादिला परिकार सहित खाना बनाउने र खाने तथा पारिवारिक छलफल भावि योजना बनाईन्छ । हामी आफुलाई आवश्यक तरकारीका लागि करेसा बारिको हेरचाह लगायतका कुरा मा सबै सामेल भएर दैनिक जसो गर्छौ । प्रत्येक बिहान म करिब ५÷६ किलोमिटर सधै दौडने गर्छु , मानिसको खासै उपस्थिति नहुने र सजिलो ठाउँ हुनाले थाहा नगरको इन्द्रायणी चौरमा केही समय व्यायाम गर्ने गर्छु । त्यसपछि घरमा नास्ता गर्ने र खाना बनाउने काममा व्यस्त हुन्छु । बिहान ११ बजेबाट म अलिक व्यस्त हुनेगर्छु । 

अहिलेको यो समयमा धेरै सृजनशिल कामहरु गर्न सकिन्छ भन्ने मेरो बुझाई छ । अहिले म केही पुस्तकहरु पढिरहेको छु । बिशेष त मदन पुरस्कार बिजेता पुस्तकका साथसाथै केही बिदेशी लेखकहरुबाट लेखिएका कला र राजनीति सम्बन्धि पुस्तकहरू यो समय मेरो रोजाईमा परेका छन् । पुस्तकको साथसाथै केही ऐतिहासिक कथावस्तु समेटिएका चलचित्रहरुको मैले सुची नै तयार पारेको छु र क्रमश त्यो पनि हेर्दै छु । केही समय साथिहरुसँग अनलाइन गफ र गेममा पनि रमाउने गरेको छु । साथै, मैले अहिके केही भारतिय र अन्य बिदेशी चर्चित रियालिटी शो का होस्टहरु, पोड्कास्ट प्रस्तोताहरुसंग केही नयाँकुरा सिक्न र छलफल गर्न अनलाइन मिट गर्ने गरेको छु । अहिले लकडाउनको समयमा घरमा सुरक्षित बसे कोरोनाको महामारीलाई सजैलै जित्न सकिन्छ । म भोलि फेरी अवस्था सामान्य भएपछि केही नयाँपन सहित कार्यक्रमहरुमा निखारिएर उपस्थिति हुन तयारी गरिरहेको छु । जसकालागि मैले पुराना कार्यक्रमहरुका फुटेजहरुबाट आफ्ना कहाँ केही कमिकमजोरी छन् कि भनेर औल्याउँने प्रयास पनि गरिरहेको छु । 

मैले घरमा एउटा बगैंचा बनाउन केही बोटबिरुवा रोपेको छु । अनि, सधैको केही समय पानी हाल्ने अनि स्यारसुसारमा समय दिईरहेको छु । प्रत्येक दिन ८ बजे परिवारसंगै समाचार हेर्छु । हाम्रो व्यक्तिगत सुरक्षामा के गर्यौँ र के गर्न सक्छौं र भोलि के गर्ने भन्ने बारेमा परिवारका सबै सदस्य छलफल गर्छौ । अहिलेको समय बिशेष रुपमा अध्ययनलाई नै समय दिएको छु भन्दा फरक पर्दैन । साथै , मैले थाहा नगरपालिकाका मेयर,उपमेयर, संचारकर्मी लगायतसंग नगरको बर्तमान स्थिति र गतिविधिको जानकारी लिने गरेको छु र हामीले केही सहयोग गर्ने स्थान, क्षेत्र छन् कि भनेर छलफल पनि गर्ने गरेको छु । म केही समाजिक संस्थाहरुसंग आवद्ध भएकाले केही युवा साथीहरु सहित आवश्यक परेको अवस्थामा जस्तोसुकै सहयोगको लागि नगरसँग हातेमालो गरेर अगाडी बढ्ने योजना सहित बसेको छु ।