nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरे केटा र धादिङे केटीबीचको माया : ‘नखोज है भाउ‘ (भिडियोसहित)

IMG_20220104_192251-1641303557.jpg

गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा रहेको काठे लोक दोहोरी गीत ‘नखोज है भाउ‘को भिडियो सार्बजनिक भएको छ।

मिलन फिल्मसको युटुवच्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा मकवानपुरे केटा  र धादिङे केटीबीचको मायाको परिबेशलाई समेटिएको छ ।

केटा र केटीको मन परापर भएपछि भाउ खोज्न नहुने र एक अर्काको प्रेम भावनालाई बुझ्यो भने प्रेम सफल हुन्छ भन्ने कुरा सो गीतमा ब्यक्त गरिएको छ । बबि लामा र रजनी लामाको संयुक्त प्रस्तुति रहेको सो गीतमा शब्द अनि संगीत पनि राजु सापकोटाले गरेका छन् ।

गीतमा सरोज शाहीको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु सापकोटाको निर्देशन रहेको छ । गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनय रहेको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)