Monday, 31st August, 2026
वि.स.

भीमफेदीमा चलचित्र 'षटकोण'को शुभमुर्हत

मकवानपुरको भीमफेदी गाउँपालीकाका अध्यक्ष हिदम लामाले “षटकोन” नामक चलचित्रको आज एक समारोहको बिच शुभमुर्हत आरम्भ गरेका छन् ।

र्निमाता बिशाज कोदारिया तथा शिशिर ओरेनको संयुक्त लगानीमा मिलन डि काप्रीको र्निर्देशन तथा आंगचेन लामाको छायांंकनमा निमाृण हुन लागेको उक्त चलचित्रमा नायक कर्मा र नायीका शुयशा अधिकारी प्रमुख भुमिका रहेको चलचित्रमा मकवानपुरका कलाकार भोला सापकोटा लगायतको अभिनय रहेको छ ।

भीमफेदीको ऐतिहासिक स्थलहरुमा एक महिनासम्म चलचित्र छायाकंन हुने तथा आगामी चैत्र महिनासम्ममा सम्पुर्ण कार्य सकेर प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्र एक करोड लगानी बन्ने सहायक लोकेन्द्र लेखकले बताए ।

शुभमुर्हत कार्यक्रममा भीमफेदी गाउंपालीका ६ नं। वडा अध्यक्ष सिताराम थापा,स्थानिय बुद्ध सिं स्यातान,सानु थापा,केशब नारायण मुल्मी,माधब दास श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी हिदम लामाले चलचित्र सफलताको कामना साथै आवश्यक सहयोग रहने बताए ।

-सुरेन्द्र राज थीके



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०