nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

भद्रगोल टिम तेस्रो मनहरी महोत्सवमा आउने 

पाँच दिनदेखि जारी तेस्रो मनहरी महोत्सवमा लोकप्रिय हाँस्य टेलिसृंखला ‘भद्रगोल’ को टिम आउने भएको छ । माघ २१ गते शुक्रबारका दिन टिम आउन लागेको आयोजकले जनाएको छ । भद्रगोल टिमका लोकप्रिय कलाकारहरु जिग्री, पाँडे, बले लगायतका कलाकारहरु आउन लागेका हुन् । उनीहरुसँगै लोकप्रिय गायक कमल क्षत्रीको प्रस्तुति पनि रहनेछ । त्यसैगरी शान्ता परियारले समेत गायन प्रस्तुति दिने कार्यक्रम छ ।  

बिहीबार भएको महोत्सवमा ‘भैँसीको कसम्, म तिम्रो खसम’, बोलको गीत गाएका लोकप्रिय गायक तथा हाँस्यकलाकार केशव सापकोटा तथा सुस्मिताले प्रस्तुति दिएका थिए । त्यसैगरी गायकहरु देवलाल मुक्तान, सुन्दर लामा, सीता कँडेल, रीता चेपाङ, बुद्धिराज घलान लगायतले लोकदोहोरी गीत प्रस्तुत गरेका थिए । 

महोत्सवको पाँचौ दिनसम्मको यात्रामा सन्तोषजनक रुपमा अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जनाएको छ । हालसम्मा ३ करोड रुपियाँ बराबरको कारोबार महोत्सवमा भइसकेको बताइएको छ । 

महोत्सवमा २ सय वटा स्टलहरु रहेका छन् । कृषि, बाल उद्यान, अटो, तयारी पोशाक, स्थानीय मह लगायत विधाका स्टलहरु रहेका छन् । 
कूल २ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ५ करोड बराबरको कारोकार हुने लक्ष्य राखिएको छ । महोत्सवमा माघ २२ गते  शनिबार हाँस्यव्यंग्यकार मनोज गजुरेल, गायक पशुपति शर्मा र सहिमा श्रेष्ठ आउने भएका छन् । त्यसैगरी माघ २३ गते हेमन्त शर्मा र ज्योति मगर आउने छन् । माघ २४ गते सुगम पोखरेल, माघ २५ गते शिव परियार र माघ २६ गते प्रमोद खरेल आउने निश्चित भएको आयोजकले जनाएको छ । 
माघ १४ गतदेखि सुरु हुने भनिएपछि हावाहुरीले असर पारेपछि माघ १६ गते मात्रै महोत्सव सुरु भएको हो । २ दिन ढिला गरी सुरु भएको महोत्सवको अबधि थप दुई दिन थपी माघ २६ गतेसम्म पु¥याइएको मूल आयोजक समितिका संयोजक एबम् मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजालले बताए ।