Sunday, 16th August, 2026
वि.स.

बिर्खे अञ्जानलाई हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान 

कवि तथा समालोचक बिर्खे अञ्जानलाई हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान २०७५ बाट सम्मान गरिएको छ। चितवनमा आयोजित कार्यक्रममा उद्योगपति तथा कवि अरूणराज सुमार्गीले अञ्जानलाई सम्मान प्रदान गरेका हुन्। हाम्रो मझेरी साहित्य प्रतिष्ठानले स्थापना गरेको उक्त सम्मान नेपाली भाषा ,कला ,संस्कृतिको क्षेत्रमा लामो समयदेखि साधनारथ साहित्यकारलाई समर्पित गर्ने गरिएको कुरा अध्यक्ष पुष्पअधिकारी अञ्जलीले जानकारी दिए । 

 मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर संस्थागत साहित्यको क्षेत्रमा सक्रिय रहनु भएको अञ्जानका आधा दर्जन सहलेखनका किताब र  दुईवटा एकल सिर्जनाका पुस्तक प्रकाशित छन् । कार्यक्रममा गोर्खे साइलो, महानन्द ढकाल ,कृष्णादेवी शर्मा श्रेष्ठ लगायत मुलुकभरबाट आउनु भएको साहित्यिक सँस्थाका प्रतिनिधिहरूले विशिष्ट अतिथिको तर्फबाट नेपाली साहित्यको बिकासमा हाम्रो मझेरीको योगदानको चर्चा गरेका थिए।२० अौं बर्षको बार्षिकिमा आयोजित सो कार्यक्रममा नेपालको पुर्व मेचीदेखि पश्चिमी महाकालीसम्मका दर्जनौ लेखक कविहरूको उपस्थिति रहेको थियोे ।

भारतको सिक्किम ,असाम र आसपासका कविहरूको समेत प्रतिनिधित्व रहेको राष्ट्रिय साहित्य अनुष्ठानमा झण्डै  एक दर्जन पुस्तकहरूको लोकार्पण गरिएको थियोे ।डेढ दर्जन स्रष्टाहरूलाइ सम्मान गरिएको उक्त सम्मेलनमा ओम कार्की स्मृति प्रतिष्ठानको समेत सहयोग रहेको थियो ।सो सँस्थाले पनि छन्द कवि गोर्खे साइँलो ,कथाकार मन्दिरामधु श्री र युवा कवि तथा पत्रकार घायल श्रीलाइ सम्मानित गरेको थियो । दिनभर साहित्यका बिबिध बिधाका रचना पाठ गराएता पनि सन्धाकालीन प्रहरमा गजल बिधाको विशिष्ट सत्र सञ्चालन गरिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०