nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रकाश सपुतको ‘बदला बरिलै’ [हेर्नुहोस् भिडियो]

Barilai-1596379750.jpg

नेपाली सांगीतिक दुनियाँ अहिले भाइरलको पछि छ । भाइरल र उच्छृङ्खल शब्दले युटुबमा राम्रो भ्यूज त पाएका छन्, तर यी गीतले नेपाली सांगीतिक क्षेत्रलाई अगाडि बढाउन मद्दत भने गर्दैनन् । तर, कहिलेकाही केही यस्ता गीतहरु सिर्जना हुन्छन्, जसले मानिसलाई धेरै समय सोच्न वाध्य पारिदिन्छ । गायक प्रकाश सपुतले सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको गीत त्यसको एउटा उदाहरण हो ।

देवी घर्तीको आवाजमा समावेश यो गीतमा प्रकाशको शब्द तथा संगीत छ । यो गीतले विशेषगरि, समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध आवाज बोलेको छ । तर, गीतका शब्द, देवीको स्वर र यसको संगीत निकै नै मर्मस्पर्शी छ । यसले, प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा नयाँ उचाई प्रदान गर्ने निश्चित छ ।

संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक यूवतीको करिअर कसरी एक पुरुषले बर्बाद पारिदिन्छ र उसले त्यसको बदला कसरी लिन्छे भन्ने कथा भिडियोमा बुनिएको छ । गायक सपुतले नै निर्देशन गरेको भिडियो पनि उत्कृष्ट छ ।

नायिका केकी अधिकारीले ३ घन्टाको चलचित्रमा चित्रित गर्ने आफ्नो अभिनयलाई १५ मिनेटको भिडियोमा नै सशक्त पाराले प्रस्तुत गरेकी छिन् । ध्रुव कोइरालाको नेगिटिभ अभिनयले पनि दर्शकको मन जित्छ ।

अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

१०–१५ मिनेटको गीतबाट पनि समाजलाई सशक्त सन्देश दिन सकिन्छ र हिट हुनका लागि समाजलाई नै नपच्ने खालका शब्दमा रुमल्लिएर बस्न आवश्यक छैन भन्ने बलियो उदाहरण गायक सपुतले यो गीत मार्फत प्रस्तुत गरेका छन् ।

हेर्नुहोस् भिडियो:

 

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)