nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवमा साँङ्गितक महोलसंगै ब्यङ्ग्यात्मक प्रस्तुति

दोस्रो थाहा महोत्सवमा ६ असोजमा चर्चित गायक रमेशराज भट्टराई, सुनिल गीरीले सांगीतिक मनोरञ्जन दिएका छन् । मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको महोत्सवमा हाँस्य कलाकार केशव सापकोटा र अस्मिता बस्नेतले दर्शकलाई हँसाएका थिए ।
विभिन्न सामाजिक तथा राजनीतिक विषयमा हुने गरेको विकृतिलाई कलाकारहरुले ब्यङग्यात्मक प्रस्तुति दिएका थिए । ६ असोजमा अरु दिनमा जस्तै स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । 
थाहा महोत्सवमा ७ असोजमा चर्चित गायक प्रमोद खरेल र व्यङ्ग्यकार शैलेन्द्र सिम्खडा आउनु हुने मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ ।

थाहा महोत्सवमा ७ असोजमा चर्चित गायक प्रमोद खरेल र व्यङ्ग्यकार शैलेन्द्र सिम्खडा आउनु हुने मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ ।

थाहा महोत्सवको अवसरमा आयोजना गरिएको थाहा आईडल अन्तर्र्गत ६ असोजमा नृत्य तर्फका उत्कृष्ट ६ जना छानिएको छन् । छनौंट हुनेमा संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, एलिना रानामगर, सुरज मोक्तन, रोशनी तामाङ रहेका छन् । एकल नृत्य तर्फको निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई नव क्षितिज कला केन्द्रका निर्देशक विजय श्याम आमात्य रहेका छन् । 
त्यसै गरि एकल गायनमा उत्कृष्ट ७ बीच प्रतिस्पर्धा भएको छ । विनिता गोपाली, सरोज प्रधान, देमन्त गोपाली, आयुस गोपाली, सर्मिला स्याङ्तान, सन्तोष पौडेल र रोशन तामाङ, विच प्रतिस्पर्धा भएको हो । एकल गायन तर्फको निर्णायक भने गायक जीवन परियार र गायक तथा संगीतकार संगीतकार टंक बुढाथोकी रहेकाछन् । उनीहरुको नतिजा ७ असोजमा आउने संयोजक सानोबाबु मोक्तानले बताए । 

जनक लामा/थाहानगर