thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

थाहा महोत्सवमा गायक भट्टराई र हाँस्य कलाकार सापकोटा आउने
को-को छनौंट भए थाहा आइडलमा

Idol-1474505835.jpg

थाहा महोत्सवमा गायक रमेशराज भट्टराई, सुनिल गिरी, र हास्य कलाकार केदार सापकोटा आयोजकले जनाएको छ । थाहा महोत्सवमा ६ असोजमा उनीहरु आउने भएका हुन् । 
यसैबीच थाहा महोत्सवमा भइरहेको थाहा आईडल अन्तर्गत एकल गायन तथा एकल नृत्य भइरहेकोमा नृत्य तर्फको उत्कृष्ट ८ जना छनौंटमा परेका छन् । छनौंट हुनेमा संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, सुप्रिया अधिकारी, एलिना राणमगर, बुद्धिमान लो, सुरज मोक्तन , रोशनी तामाङ रहेका छन् । ६ असोजमा हुने प्रतियोतिाबाट एक जना बाहिरिएर उत्कृष्ट ७ छनौंट हुनेछन् । 
एकल नृत्य तर्फको निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई नव क्षितिज कला केन्द्रका निर्देशक विजय श्याम आमात्य रहेका छन् । त्यसै गरी एकल गायन तर्फको उत्कृष्ट ९ जना विच पनि प्रतिस्पर्धा भएको छ । एकल गायन तर्फको निर्णायक भने गायक जीवन परियार र गायक तथा संगीतकार संगीतकार टंक बुढाथोकीले गरिरहेका छन् । 

-जनक लामा/थाहानगर