nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा फिल्म फेस्टिबलको तयारी, कलाकारदेखि निर्मातासम्म थाहानगर भित्र्याइने

Thaha-film-festival-(1)-1693053783.png

थाहा नगरपालिको पर्यटन प्रवर्धनका लागि थाहा फिल्म फेस्टीबलको तयारी गरिएको छ । थाहा कला केन्द्रले ‘पर्यटनका लागि फिल्म फेस्टिबल’ भन्ने नारासाथ ‘थाहा फिल्म फेस्टिबल २०८०’ आयोजना गर्न लागेको हो । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी कला केन्द्रले ९ मंसिरदेखि १५ मंसिरसम्म फिल्म फेस्टीबलको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

वागमती प्रदेशको संस्कृृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुने छ । कला केन्द्रले आयोजना गर्ने फेस्टिबलले थाहा नगरपालिकाको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा कार्यक्रम संयोजक प्रमोद जोशीले जानकारी दिए । कार्यक्रम आयोजना गर्नुको मुख्य उद्धेश्यमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत छायांकनस्थल विकास तथा प्रचार गर्ने, नगरपालिकाका मुख्य पर्यटकीय क्षेत्र पहिचान गरी फेस्टिबलमा आउने चलचित्रकर्मीबीच प्रचार गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो आदि क्षेत्रका दिग्गज कलाकारलाई थाहाको बारेमा जानकारी गराउने राखिएको छ ।

थाहा नगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्बीर कार्यक्रमस्थलमा राखेर अवलोकन गर्न लगाउने, चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई पालिकासँग पारस्परिक सहकार्य गराउन प्रयास गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडिया निर्माता, निर्देशक तथा निर्माण समूहसँग विशेष अन्तत्र्रिmया गर्ने उद्धेश्य पनि रहेको कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए । 

‘मकवानपुरमा भिन्न र फरक फिल्म फेस्टिबल आयोजना हुन लागेकाले पनि फेस्टिबलप्रति आकर्षित हुने देखिन्छ,’  मोक्तानले भने, ‘फेस्टिबलमा विभिन्न समूहको सहभागिताबाट आएका सामग्रीबाट पनि छानिएका डकुमेन्ट्री, फिचरफिल्म र सर्ट फिल्म प्रदर्शन हुने भएकाले छुट्टै पहिचान ल्याउन सक्नेमा हामी विश्वस्त छौं ।’

कार्यक्रमको कुल २७ लाख बढी अनुमान गरिएको कार्यक्रमका उपसंयोजक राजिव कुमार स्याङतानले जानकारी दिए । कार्यक्रमका लागि प्रदेश सरकार र थाहा नगरपालिकाले रु. १०/१० लाख विनियोजन गरेको र बाँकी रकमका लागि प्रायोजक तथा सहयोगीहरुलाई आग्रह गरिरहेको उनले जानकारी दिए । 

पत्रकार सम्मेलनमा थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, थाहा नगरपालिकाका अधिकृत कुमार नेगी, प्रेस संयोजक शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)