Saturday, 15th August, 2026
वि.स.

तेस्रो थाहा महोत्सवमा दर्शकले भरियो इन्द्रायणी चौर, प्रमोद खरेल प्रस्तुती दिँदै

उत्तरी मकवानपुरस्थित थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी तेस्रो थाहा महोत्सवको आठौं दिन शनिबार दर्शकहरुले इन्द्रायणी चौर भरिभराउ भएको छ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा संचालन भइरहेको महोत्सवको यो अवधिमा शनिबार यसरी अवलोकनकर्ताहरुको खचाखच भएको हो । 
महोत्सवको पहिलो र दोस्रो श्रृङ्खलाहरुमा भन्दा बढी दर्शकहरुको भीड लागेको दर्शकहरुले बताएका छन् । ‘भुईमा खुट्टा राख्ने ठाउँ छैन, मूल गेटबाट मञ्चअगाडिसम्म पुग्नै १५ मिनेट लाग्छ’ एक अवलोकनकर्ताले भने । गेटबाट स्टल हुँदै हिँड्दा काठमाण्डौं असनको गल्लीमा हिँडेजस्तै आभास भएको थाहा नगरका शंकर कार्कीले बताए । 
लाइदेउ न मायाले......बोलको गीत गाउँदै गर्दा लोकप्रिय गायक प्रमोद खरेलले मञ्चबाटै भने, यस्तो भीडभाड कमै मात्र भेटिन्छ । 
यो समाचार तयार पार्दासम्म आफ्नो बेजोड प्रस्तुतीमार्फत् प्रमोद खरेलले दर्शकहरुलाई जुरुकजुरुक उचालिरहेका छन् । अहिलेसम्म उनले म बिना कसैकसैलाई् मुश्किल छ....लाइदेउ न मायाले.......लागी लागी...जस्ता बोलका गीत गाइसकेका छन् । खरेलले गाउने क्रम अझै जारी छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif