nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङमा प्याराग्लाइडिङ शुरु

IMG_20230926_185834-1695735003.jpg

पर्यटकीय थाहानगरकाे चित्लाङमा नगरमै पहिलाेपटक प्याराग्लाइडिङ शुरु गरिएकाे छ ।

यसअघि नगरकाे विभिन्न स्थानमा प्याराग्लाइडिङकाे सफल परीक्षण भए पनि औपचारिक शुरुवात हुन सकेकाे थिएन । अहिले चित्लाङमा पनि परीक्षण भइरहेकाे भए पनि सञ्चालनकाे सबै कानूनी प्रक्रिया पूरा भएकाे र पटकपटककाे परीक्षण सफल भएकाेले यसले निरन्तरता पाउने थाहा-९ का वडा अध्यक्ष राजकुमार बलामीले विश्वास जनाए । उनका अनुसार ९ असाेजमा मात्र १८ वटा परीक्षण उडान सफल भएकाे छ ।

एक वृहद् कार्यक्रमकाे आयाेजना गरी  प्याराग्लाइडिङकाे औपचारिक उद्घाटन गरिने वडा अध्यक्ष बलामीले जानकारी दिए । 

लामाे समयदेखि चित्लाङकाे आकासमा  प्याराग्लाइडिङ उडाउने सपना पूरा हुन लागेकाेमा पर्यटनकर्मी देवेन्द्र नेपालले खुशी व्यक्त गरे ।

प्याराग्लाइडिङ सञ्चालनबाट स्थानीय पर्यटनमा सहयाेग पुग्ने प्याराग्लाइडिङ सञ्चालक बाबु एड्भेन्चरका प्रबन्धनिर्देशक सानुबाबु सुनुवारले विश्वास व्यक्त गरे । यसबाट चित्लाङकाे पर्यटनमा नयाँ अध्याय शुरुवात भएकाे स्थानीय राजेन्द्र बलामीले बताए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)