nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङमा पटकथा लेखन कार्यशाला, प्रशिक्षण दिन पुगे हलिउड र बलिउउडका लेखक

chitlang-1566525123.jpg

मकवानपुरको थाहा नगर स्थित चित्लाङमा बुधबारदेखि पटकथा लेखन कार्यशालामा प्रशिक्षण भैरहेको छ । कार्यशालामा प्रशिक्षणका लागि बलिउड फिल्म लेखक रोबिन भट्ट र हलिउड फिल्म लेखक जेफ मोनाहान मकवानपुरको चित्लाङ पुगेका छन्।  नेपाल चलचित्र विकास बोर्डको सहयोगमा फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालालाई प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका थिए।

उद्घाटन गर्दै मन्त्री जमकट्टेलले नेपाली फिल्मको स्तरोन्नतिका लागि सहयोग गर्न तयार रहेको बताए। कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता कार्यशालाले सहयोग पुर्‍याउने बताए। अहिले सिनेमा हलमा नेपाली फिल्मका ६५ प्रतिशत दर्शक रहेको बताउंदै उनले यस्ता कार्यशालाले प्राज्ञिक पहिचान दिलाउन सहयोग पुग्ने बताए । त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पटकथा फिल्मको मेरुदन्ड भएको बताउदै नेपाली फिल्मको पटकथा सुधारका लागि कार्यक्रमले भूमिका खेल्ने आशा व्यक्त गरे।

कार्यशालामा प्रशिक्षण दिन आएका रोबिन भट्टले ७० भन्दा बढी बलिउड फिल्म लेखेका छन् । उनले लेखेका ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’लगायतमा फिल्महरु हिट छन् । त्यस्तै अर्का प्रशिक्षक जेफ अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीका प्राध्यापक हुन् । साताव्यापी चल्ने कार्यशालामा लेखद्वय जेफ र रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरणका विषयमा प्रशिक्षण दिनेछन् ।