Sunday, 16th August, 2026
वि.स.

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने

गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र साहित्यका क्षेत्रमा सक्रिय युवा स्रष्टाहरूलाई भेला गराई उनीहरूबाट सिर्जना भएको बिबिध बिधाको रचना पाठ, स्रष्टा सम्मान र संस्थाको निर्वाचन समेत हुने उक्त कार्यक्रममा गजल,कविता र मुक्तक बिधाको छुट्टाछुट्टै सत्र सम्पन्न गर्ने जानकारी संस्थाको अध्यक्ष नारायण सिलवालले दिए ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रतिनिधि कविहरूको उपस्थित रहने उक्त कार्यक्रममा सांसद नवराज सिलवालको प्रमुख आतिथ्यता रहनेछ। सो कार्यक्रममा सिद्धान्त देवकोटा, सुसान्त केसी, वसन्त वली, बिनोद खत्री आकाश, रमेश बलामी, निरू कोइराला, प्रज्वल अधिकारी,लुमन्ती चित्रकार, उत्तम लिम्बू, हेमन्त खड्का र मकवानपुर जिल्ला स्थित थाहा नगरपालिकाको बिर्खे अञ्जान र गौतम भद्रध्वजको समेत विशेष प्रस्तुति रहने कुरा कार्यक्रम प्रचारप्रसार समिति प्रमुख बिनम्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रममा सक्रिय साहित्य साधनामा समर्पित स्रष्टाहरूलाई कविता, गजल र मुक्तक बिधाका ५र५ जना साहित्यकारहरूलाई क्रमशः गोदावरी काव्य साधना सम्मान ,गोदावरी गजल साधना सम्मान र गोदावरी मुक्तक साधना सम्मान समेत समर्पण गरिनेछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०