nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 12th May, 2024
वि.स.
1000043965-1707579226.jpg

गाउँ चिनाउने गित (हेर्नुहोस् भिडियो सहित)

शिरमाथि चन्द्रागिरी हाँस्छ मुसुमुसु
दामनमा चाँदीझैं हिउँ पर्छ फुसुफुसु
कसले राखिदियो होला यति राम्रो नाउँ
स्वर्गभन्दा प्यारो लाग्छ मेरो फाखेल गाउँ

. . . . . . . . . . 

राजु लामा र अप्सरा केसीको संयुक्त शब्द रचना रहेको यस गीतमा समग्र उत्तरी क्षेत्रको प्रशिद्ध ठाउँहरु समेटी पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले तयार   पारिएको छ । गायक राजु लामालाई कोरस भोकलमा गायिका श्रृजना कपालीले साथ दिनु भएको छ  भने सुन्दर शब्दहरुलाई संगीतबाट सिंगार्ने काम मकवानपुरे संगीतकार विनय के–टु ले गर्नुभएको छ ।

यस गीतको म्युजिक भिडियोमा नव क्षितिज कला केन्द्रका प्रशिक्षक कृति लो, अनु स्याङ्तान, श्रीकृष्ण श्रेष्ठ, थाहा नगर उद्योग वाणिज्य संघद्वारा आयोजित थाहा आइडलका विजेता एलिना रानामगर, रोशनी ताामाङ, उर्मिला स्याङ्तान, नोर्साङ तामाङ, सविता बस्नेत, सुशान्त गोपाली, सुरेन्द्र तमाङ, रोहन स्याङ्तान, देलु वाइबा, विशेष थिङ लगायत राजु लामाले मोडेलिङ गर्नुभएको छ । श्रृंगारमा शोभिता गोपाली र क्यामेरामा सोनाम बलामीले साथ दिनु भएको छ भने एडिटिङ राजन शाक्यले गर्नुभएको छ । र यो म्युजिक भिडियोको निर्देशन नव क्षितिज कला केन्द्रका निर्देशक विजय अमात्यको रहेको छ । 

नव क्षितिज कला केन्द्रको तेस्रो एल्बममा समावेश हने यो गीत राजु लामाको पहिलो रेकर्डिङ भएको गीत हो भने कृति लोको तेस्रो म्युजिक भिडियो हो र विजय अमात्यद्वारा निर्देशित १६ औं म्युजिक भिडियो हो । नव क्षितिज कला केन्द्रले यस अघि तारिफ र उमंग गरी दुई एल्बम बजारमा ल्याइसकेको छ । यो म्युजिक भिडियोको छायाङ्कन उत्तरी क्षेत्रको रमणीय स्थल फाखेल देउराली, घट्टेकुलो, पूर्णचण्डी, भेडाफार्म, इन्द्रसरोबर, दामन, झम्केश्वरी र बज्रवाराहीमा गरिएको छ ।

-विजयश्याम अमात्य

हेर्नुहोस् भिडियो..

 

 

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)