thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

कोमल ओलीले तताइन् थाहा महोत्सव

नेपालकी चर्चित गायिक कोमल ओलीको गितले मकवानपुरको थाहा नगरपालिका स्थित इन्द्रायणी चौरमा भइरहेको दोस्रो थाहा महोत्सवलाई मज्जैले ततायो । अग्लो कद र मिठास स्वरकी धनी कोमलवलीले दर्शकहरुकै छनौंटमा छिनको छिनमै गित गाइन् । हरि ओम... ओम.. बोलको गित सकिदा नसकिदै ओलीलाई महोत्सवको आयोजक थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले ....मलमल किरी, जुनकिरी भन्ने बोलको गित अफर गरे... नाच्न आग्रह गर्दै ओलीले गाइहालिन् ।  गित अफर गर्ने अध्यक्ष त नाचेनन् तर चउर ढाकेर बसेका दर्शकहरु झुण्ड झुण्ड भएर नाचे, मनोरञ्जन लिए । 


गायिका ओलीले हरि ओम ओम, लास्टै चोटी हो शिव.. लास्टै चोटी हो, पोईला जान पाम, झुम्के फुली , मलमल किरी जुनकिरीलगायतका चर्चित गित गाएर महोत्सवका दर्शकहरुलाई नचाएकी थिइन् । गितबाट असाध्यै चर्चा कमाएकी कोमल ओलीले गितको बिच बिचमा सन्दश मुलक सावलहरु पनि उठाएकी थिइन् । महिला सशक्तीकरणको कुरालाई ओलीले निकै उठान् गरिन् । महिलालाई भगवान र सृष्टिको संज्ञा दिदै अग्रसर र शक्तिवान हुन आग्रह गरिन् । 


अरु दिन साँढे पाँचै बजे तितरवितर हुने दर्शकहरु ४ असोजको गायिका ओली आएको दिन साँझ ६ बजेसम्म चौरमा दर्शकहरु नाचिरहेका देखिन्थे । यसैबीच थाहा महोत्सवमा ५ असोजमाचर्चित गायिक तथा मोडल ईन्दिरा जोशीको साँङ्गितिक प्रस्तुति रहन आयोजकले जनाएको छ ।