Sunday, 16th August, 2026
वि.स.

के माया लाग्छ र !

surabina-karki-8-1594713057.jpg

सामाजिक संजाल टिकटकमा अहिले एउटा गीत चर्चामा छ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीतले दर्शकको माया पाइरहेको छ ।

यो गीतको भिडियोमा कलाकार मुकुन भुषाल र नायिका सुरविना कार्कीले अभिनय गरेका छन् । यो गीत चर्चामा आएपछि सुरविनालाई पनि दर्शकले नोटिस गरेका छन् । हुनत, उनले यसअघि केही चलचित्रमा काम नगरेकी होइनन् । तर, २ बर्षदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकाले पनि नेपाली दर्शकले उनलाई विर्सिएका थिए ।

तर, यो गीतको भिडियोले फेरि एकपटक उनलाई दर्शकमाझ प्रस्तुत हुने मौका मिलेको छ । सुरविना, यो गीतमा काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँछिन् । अब, नेपाली चलचित्र र म्यूजिक भिडियोमा नै काम गर्ने सोच उनको छ ।

‘झेली’ चलचित्रबाट डेब्यू गरेकी यी सुन्दरी नेपाली चलचित्रमा सफल करिअरको खोजीमा छिन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०