nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

के माया लाग्छ र !

surabina-karki-8-1594713057.jpg

सामाजिक संजाल टिकटकमा अहिले एउटा गीत चर्चामा छ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीतले दर्शकको माया पाइरहेको छ ।

यो गीतको भिडियोमा कलाकार मुकुन भुषाल र नायिका सुरविना कार्कीले अभिनय गरेका छन् । यो गीत चर्चामा आएपछि सुरविनालाई पनि दर्शकले नोटिस गरेका छन् । हुनत, उनले यसअघि केही चलचित्रमा काम नगरेकी होइनन् । तर, २ बर्षदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकाले पनि नेपाली दर्शकले उनलाई विर्सिएका थिए ।

तर, यो गीतको भिडियोले फेरि एकपटक उनलाई दर्शकमाझ प्रस्तुत हुने मौका मिलेको छ । सुरविना, यो गीतमा काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँछिन् । अब, नेपाली चलचित्र र म्यूजिक भिडियोमा नै काम गर्ने सोच उनको छ ।

‘झेली’ चलचित्रबाट डेब्यू गरेकी यी सुन्दरी नेपाली चलचित्रमा सफल करिअरको खोजीमा छिन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)