nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

किसानलाई उत्साह थप्दै सकियो कृषि प्रदर्शनी 
थाहा महोत्सव सकियो

AG-01-1474854263.jpg

मकवानपुर थाहा नगरपालिका इन्द्रायणीचौरमा भइरहेको थाहा महोत्सवको समापन भएको छ ।  महोत्सवको अवसरमा भएको जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा यसवर्ष विभिन्न ३ सय ६ किसिमका विभिन्न कृषिजन्य उपजहरु प्रदर्शनीमा राखिएको थियो । यो जिल्लाकै सबैभन्दा बढि सहभागीता भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ । 


प्रदर्शनीमा खाद्यान्न बालीतर्फ थाहा नगरपालिका वडा नम्बर १३ का रनिश महर्जनको देउती जातको मकै प्रथम भएका छ । त्यस्तै थाहा–२ का नवराज धमालको मकै द्वितीय र नामटार १ का लेखत बहादुर मोक्तानको धान तृतीय भएको छ भने यस समूहमा आठजना किसान सान्त्वना भएकाछन् । काउलीबाली तर्फ भने थाहा १५ का रामकुमार लामा प्रथम, नामटार ३ का कृष्णमाया बल द्वितीय  र थाहा १३ की गिता महर्जनको काउली तृतीय भएको छ । यस बाली समूहतर्फ अरु १० जना किसान सान्त्वना भएकाछन् । 
अन्य तरकारी समूह अन्तर्गत नामटार ३ की सरस्वती बल प्रथम भएकी छिन् । थाहा ९ का दिपक सिंह लामाको गाजर द्वितीय र नामटार १ का शिव रुम्बाको मूला तृतीय भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस बाली समूहमा ६ जना किसानले सान्त्वना पुरस्कार पाएकाछन् । मसलाबाली अन्तर्गत खुर्सानी, धनिया, लसुन, प्याज समूह तर्फ थाहा ११ का जीवन पाख्रिनको खुर्सानी प्रथम, थाहा ७ की रिता विष्टको खुर्सानी द्वितीय र थाहा ११ को कृष्ण बहादुर गुरुङको खुर्सानी तृतीय भएको छ भने यस बाली समूहमा १० जना किसान सान्त्वना भएकाछन् । त्यस्तै मसला बाली समूह अन्तर्गत अदुवा बेसार बाली समूहमा नामटार ३ का पर्वत पुडासैनीको अदुवा प्रथम, टिष्टुङ  ९का क्षेत्र बहादुर आलेमगरको अदुवा द्वितीय र नामटार ४ का अमर पुडासैनीको बेसार तृतीय भएको छ भने यस बाली समूहमा ९ जना किसान सान्त्वना भएकाछन् । प्रदर्शनीमा राखिएका मध्ये फलफूलबाली तर्फ नामटार ३ का कृष्ण बहादुर भोम्जनको किबी प्रथम भएको छ भने थाहा ८ का गोकर्ण विष्टको नास्पाती द्वितीय, थाहा ११ को जीवन पाख्रिनको कागती तृतीय र अरु ११ जना किसान यस बाली समूहमा सान्त्वना भए । 

विविध बाली समूह अन्त्र्गत टिष्टुङ ९ का क्षेत्र बहादुर आलेमगरको कफी प्रथम, टिष्टुङ ९ की देउती माया आले द्वितीय, चित्लाङ ६ का जयराम गोपालीको पेपिनोमेलन तृतीय भए भने अरु १४ किसान यस बाली समूहमा सान्त्वना भएकाछन् ।  अन्य फल तरकारीबाली तर्फ थाहा ७ का राजकुमार घिसिङको भेडे खुर्सानी प्रथम, थाहा ७ का दिनेश विष्टको भेडे खुर्सानी द्वितीय, नामटार १ का जीवन मोक्तानको गोलभेडा तृतीय भएको छ भने यस समूहमा ५ जना किसान सान्त्वना भएकाछन् । यसैगरी काँक्रो फर्सी बाली समूह तर्फ टिष्टुङ ९ का रुद्र बहादुर आलेको लौका प्रथम, थाहा १३ का सचिन कर्माचार्यको काँक्रो द्वितीय र थाहा ६ को मुरली उप्रेतीको फर्सी तृतीय भएको छ । यस बाली समूहमा १२ जना किसान सान्त्वना भएकाछन् । 
भदौ ३० देखि असोज ८ सम्म भएको कृषि प्रदर्शनीको निर्णायकहरुमा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत काशीराज हमाल, शीतोष्ण बागवानी केन्द्र दामनका प्रमुख आइतसिंह गुरुङ, बाली संरक्षण अधिकृत जनकदत्त घिमिरे, कृषि सेवा केन्द्रका प्रमुख विजयचन्द्र झा, मधुसुदन आचार्य रहेका थिए । प्रदर्शनीको लागि मेला आयोजक थाहानगर उद्योग वाणिज्य संघको तर्फबाट निरोज प्रधानले संयोजन गरेका थिए । प्रदर्शनीमा उत्कृष्ट भएकाहरुलाई एक समारोहकाबीच कृषि औजार तथा नगद पुरस्कार वितरण गरिएको छ । प्रदर्शनी समापन पश्चात् संयोजक प्रधानले कृषि प्रदर्शन असाध्यै उत्साहकासाथ समापन भएको प्रतिक्रिया दिए ।