Monday, 24th March, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

एम्बुलेन्स र अत्यावश्यकीय सेवा प्रभावित हुनेगरी बाटो बन्द गर्नुहुन्न
प्रल्हाद महत

नमस्कार म प्रल्हाद महत  । मलाई प्रायले महत काजी भनेर पनि चिन्नुहुन्छ । मेरो स्थायी घर मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० भएपनि म हाल कामको सिलसिलामा ललितपुरको ग्वार्कोमा बस्छु । म एउटा सहकारी संचालक पनि हुँ । विश्वमा फैलीएको कोरोना भाइरस (कोभिड–१९) को कारणले विश्वलाई आक्रान्त पारिरहेको अबस्थामा हाम्रो ब्याबसाय तथा सेवालाई पनि निकै मर्कामा पारेको छ । यो त सबैलाई थाहै छ । 

थानकोट चन्द्रागीरी सडक अबरुद्ध थियो । र, आम स्थानियसंग एम्बुलेन्स तथा दमकल जस्ता अत्यावश्यक साधन गुड्न समस्या पार्न नहुने कुरामा पनि ध्यानाकर्षण गराएँ । सायद जहाँ सम्म लाग्छ सडक अबरोध हटाइसकियो होला । नहटेको भएपनी फेरी पनि बिनम्रतापूर्वक अनुरोध गर्दछु कि हाम्रो नगरको छोटो दुरीको सडक बन्द नगरौं ।

यस्तै कुरा गर्दा सरकारले दोस्रो पटक लगाएको लकडाउनसंगै म आफ्नो स्थायी नगर थाहा १० स-परिवार पुग्ने मौका पाएँ । यसैक्रममा यो अबधिमा घरको घरायसी तथा कृषि पेशामा समय व्यतित भइरहेको थियो । साथै यसक्रममा थानकोट चन्द्रागीरी सडक अबरुद्ध थियो । र, आम स्थानियसंग एम्बुलेन्स तथा दमकल जस्ता अत्यावश्यक साधन गुड्न समस्या पार्न नहुने कुरामा पनि ध्यानाकर्षण गराएँ । सायद जहाँ सम्म लाग्छ सडक अबरोध हटाइसकियो होला । नहटेको भएपनी फेरी पनि बिनम्रतापूर्वक अनुरोध गर्दछु कि हाम्रो नगरको छोटो दुरीको सडक बन्द नगरौं । यसले अत्यावश्यक सवारीलाई ठूलो असर पार्छ भन्न चाहन्छु । 

सरकारको लकडाउन थप्ने निर्णयले र खाद्यान्नको अभावको कारणले आफ्नो घर फर्कने लर्को लागेको भन्ने समाचारहरुमा पढे, सुने ।  मनले मानेन र केही सेवा गर्नसक्छु की भनेर उपत्यका फर्किए यहाँ आएर खासै सेवा गर्न त सकिएन तर पनि सहकारी दिनमा दुई घन्टा खोलेर सदस्यहरुलाई दैनिक गुजारामा थोरै भएपनी मल्हम् लगाउने काम गर्दैछौं । साथै आफ्ना नगरका तथा अन्य ठाउँका साथीहरुलाई केही समस्या छ की भनी यसो सोधपुछ गरी समस्या समाधान गर्ने कोशिस गरीरहेको छु। र, अन्त्यमा सबैलाई घरमै बसौं सुरक्षित रहौं भन्न चाहन्छु साथै हामीले आफुले सकेअनुसारको सहयोग अरुलाई गरौं, किनकी दुःखमा गरेको हाम्रो सानो सहयोग कसैको लागि ठुलो हुनसक्छ । धन्यवाद ।