Saturday, 27th July, 2024
वि.स.

एक वर्षको उमेरमा नै गर्भवती भएपछि.....

balika-1564803305.jpg

यो संसारमा गर्भवती मात्र महिला, स्त्री जातिका हुन्छन्, यसमा कुनै दुई मत नै छैन । महिला गर्भवती हुनु भनेको एउटा सामान्य कुरा हो । तर यो खबर यति आश्चर्यजनक छ कि सायद तपाईलाई विश्वास गर्न र्न गाह्रो हुन्छ । यस्तै चीनमा एक बालिका एक वर्षको उमेरमा नै गर्भवती भएकि छिन् । ती बालिकाको पेट दिनप्रति दिन नै फुलिरहेको थियो । यसरी दिनप्रति दिन पेट फुलिरहदा उसको बाबुआमा आत्तिएर उसलाई अस्पतालमा लगेका थिए । ती बालिकाको स्क्यान गराउदा डाक्टरका साथै उसको बाबु आमा समेत दङ्ग परेका थिए ।
वास्तवमा बालिका गर्भवती थिइन् तर उसको गर्भमा अरु कोही नभएर उसको जुडुवा भाई हुर्किरहेको थियो । डाक्टरका अनुसार ती बालिकाको आमाको गर्भमा भ्रूण विकास भएका कारण आफ्नै बहिनीको गर्भमा भाई हुर्किरहेको हो । यो संसार कै निकै दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् । डाक्टहरुले सर्जरी गरी त्यस भ्रूणलाई बाहिर निकालेको छ । साथै ती बालिका पनि सुरक्षित छिन् । (एजेन्सीको सहयोगमा )