Saturday, 27th July, 2024
वि.स.

इन्द्रसरोवरमा प्रथम ल्होछार महोत्सब भब्यताका साथ सकियो (फोटोफिचर सहित)

IMG_0239-1580798140.JPG

मकवानपुरको इन्द्रसरोवरमा ल्होछार महोत्सब भब्यताका साथ सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आयोजना गरिएको ल्होछार महोत्सब यहि माघ २० गते भब्यताका साथ सम्पन्न भएको हो । 
इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा पहिलो पटक ल्होछार महोत्सब गरिएको हो । तामाङ समुदायको सास्कृतिक पर्ब २८५६ जीवा ल्होरमुसा वर्गको अबसरमा तामाङ समाजको आयोजनामा ल्होछार महोत्सब तथा बृहत सास्कृतिक कार्यक्रम लगायत शान्ति पुजा गरिएको कार्यक्रम संयोजक बिरेन गोलेले बताए ।

महोत्सबमा लामा, बोन्पो, ताम्बा लगायतको झाँकी र्याली सहित इन्द्रसरोवर २ कुलेखालीको टोट्के चौर साँस्कृतिक प्रस्तुतिहरु रहेको थियो । महोत्सवमा तामाङ भेषभुषा, तामाङ मौलिक खाना लगायतको स्टलहरु समेत रहेको थियो। ल्होछार महोत्सब तथा साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु अशोक तामाङ, जितु लोप्चन, सुस्मा मोक्तान, लगायत स्थानीय कलाकारहरु रबिन्द्र लामा, जस्मिन तामाङ, रोज वाइबा, आस्मा मोक्तान, अशोक स्याङ्तान लगायतको कलाकारहरुको बेजोड रहेको थियो ।


 

 

 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।