nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

आधुनिकताको स्वाङ पार्न छाडियो भने कोरोनाको जोखिम कम हुन्छ
-मनोज जंग बस्नेत

हामीले भुल्दै गइरहेको संस्कार नमस्कार आजभोलि हामीबीच मात्र हैन संसार भर चर्चामा छ । चर्चामा मात्र पनि हैन हेलो, हाई भन्दै हात मिलाएर आधुनिक भएको स्वाङ पार्नेहरुले समेत अहिले नमस्कार गर्ने बानी पार्दैछन । त्यसैले संसार भर फैलिएका नेपाली दाजुभाइलाई त्यही चर्चित ‘नमस्कार’ । नमस्कार किन चर्चामा छ ? उत्तर सबैलाई थाहा छ छिमेकी राष्ट्र चाइनाको बुहान शहरहुँदै संसार भर फैलिएको मानव जातीको दुश्मन ज्यानमारा भाइरस कोरोना यानी कोभिड १९ । मैले भर्खरै गरेको नमस्कारले यो ज्यानमारा भाइरसलाई फैलनबाट केहि हदसम्म कम गर्न सकिने रहेछ । त्यसैले फेरि पनि नमस्कार ।

थाहा नगरपालिका १० बिसिङ्खेल घर भए पनि बिगत ८ बर्ष देखि म वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छु । म अर्थात मनोज जंग बस्नेत । अन्य देशहरूले जस्तै मलेसियन सरकारले पनि कोभिड १९ बाट आफ्नो देशको नागरिक तथा आप्रवासीहरुको स्वास्थ रक्षाको निम्ति सुरक्षा ब्यवस्था कडा पारेको छ । कोरोनाको बड्दो महामारीको कारण म लगायत मेरो कम्पनीमा रहेका सबै ३१ दिन क्वारेन्टाइनमा बिताएर भर्खरै निस्कीएको हौ । अहिले पुन हामी आफ्नो नियमित काममा फर्किसकेको छौ । म अहिले आफ्नो स्वास्थ्यलाई आवश्यक पर्ने सुरक्षाको उपाय अपनाएर मात्र काममा निस्कन्छु । यहाँ हामी होस्टलमा समुहमा बस्ने हुँदा अझै बढी सचेत हुनुपर्ने, सुरक्षीत बस्नु पर्ने अवस्था छ । त्यसैले म अरुलाई पनि आफुले जाने जति सूचना, सल्लाह र सुझाव दिई रहेको छु । 

नेपाल सरकारले यस महामारीलाई रोक्न फैलन नदिन लकडाउन गरेकोले  हामी नेपालीले अनुशासित र असल नागरिक बनेर यसको पालना गर्यौ भने मात्र आफू र आफ्नाको जीवन रक्षा गर्न हामी सफल हुनेछौ । हामी जहाँ छौ त्यही बसेर, अप्ठ्यारोमा परेकाहरुलाई सक्दो सहयोग गरेर, आत्माबिश्वासलाई मजबुत पारेर मात्र कोरोनालाई कमजोर र निष्क्रिय बनाउन सफल हुनेछौ । त्यसैले सामाजिक संञ्जालहरुबाट पनि भ्रमपुर्ण समाचार, अपुष्ट समाचार, नकारात्मक तथा त्रासपुर्ण समाचार हैन सद्भाव, सहानुभूति, सत्यतथ्य समाचार र सकारात्मक सन्देशहरुलाई मात्र सेयर गरौ । यो त्रासदीपुर्ण समय चाडै बितोस् । संक्रमित सबैको स्वास्थमा सुधार होस पशुपति नाथ संग कामना गर्दछु । 

जय देश, जय स्वाभिमान ।