nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

‘तामाङमय’ महोत्सवमा दर्शकको ओइरो

माघ १६ गतेदेखि मनहरी ४ बेलुवास्थित मनहरी खोला किनारमा जारी तेस्रो मनहरी महोत्सवमा १९ माघमा दर्शकको ओइरो लागेको छ । ल्होसार बिशेष कार्यक्रमको रुपमा दिनभर तामाङहरुकै अगुवाईमा कार्यक्रम सञ्चालन भएको थियो । संस्थागत रुपमै नेपाल तामाङ घेदुङ ४ नं क्षेत्रीय कमिटी सञ्चालन गरेको तामाङ विशेष सांस्कृतिक कार्यक्रम र तामाङ प्रतिभा सम्मान कार्यक्रममा अवलोकनकर्ताहरुको भीड देखिएको हो । महोत्सव सञ्चालन भएको चौथो दिन देखिएको भीडपछि आयोजक थप उत्साहित भएको छ । 

घेदुङले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएबापत मकवानपुर क्षेत्र नं ४ अन्तर्गतका ७५ जना तामाङहरुलाई सम्मानित गरिएको थियो । सम्मान पाउनेहरुमा गायकहरु÷गायिकाहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्नातकोत्तर उत्तीर्ण भएकाहरु, वकिल, पत्रकार, खलनायक, निर्देशक, उद्घोषक लगायत रहेका छन् ।

‘तामाङ क्षेत्रमा उत्कृष्टता हासिल गरेकाहरुलाई थप हौसलाका लागि सम्मान गरिएको हो’, घेदुङका ४ नं क्षेत्रीय अध्यक्ष टंकबहादुर मुक्तानले भने । सम्मानित व्यक्तिहरुलाई पूर्व सभासद कुमारी मोक्तान तथा सांसद राजाराम स्याङ्तान लगायतले सम्मानपत्र प्रदान गरेका थिए । ल्होसार विशेष कार्यक्रममा तामाङ अगुवाहरु, राजनीतिक नेतृत्वहरु, विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्बाह गरेका व्यक्तिहरु सहभागी थिए । पूर्व सभासद मोक्तान, मकवानपुरका एसपी बसन्तकुमार लामा, सांसद स्याङ्तान लगायतले मन्तब्य व्यक्त गर्दै तामाङहरु पनि देश निर्माणमा विभिन्न कोणबाट उत्तिकै ढंगबाट लागिपरेको भन्दै नेतृत्वमा समावेशी ढंगले प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए । 

विशेष सांस्कृति कार्यक्रममा चर्चित सेलो गायक विश्व दोङले मञ्च तताएका थिए । उनले विभिन्न सेलो तथा नेपाली भाषाका गीतहरु गाउँदा युवा पुस्ता तथा तन्नेरीहरु सँगसँगै नाचिरहेका देखिन्थे । त्यसैगरी अर्का गायक अबिराम मोक्तानले पनि तामाङ भाषा तथा नेपाली भाषामा गीत गाउँदा दर्शकहरु उत्तिकै झुम्मिएर नाचेका थिए । गायक सुन्दर लामाको दमदार प्रस्तुतिले पनि दर्शकहरु बुधवार दिउँसो सन्तुष्ट देखिएका थिए । कार्यक्रममा तामाङ भाषामा विभिन्न नृत्यहरु समेत प्रस्तुत भएको थियो । 

तेस्रो मनहरी महोत्सवका चौथो दिनसम्ममा २ करोड ५० लाख रुपियाँ कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा २० गते बिहिबार लोक तथा दोहोरी गायक नवराज घोरासैनी, माण्डवी त्रिपाठी, केशव सापकोटा र सुस्मिताको जोडी तथा मन्जु गौतम आउने भएका छन् । माघ १६ गतेदेखि सुचारु भएको महोत्सवमा २ वटा स्टल रहेका छन् । २ लाख जनाले अबलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ५ करोड कारोबार हुने लक्ष्य राखिएको छ । कृषि, अटो, बाल उद्यान, पोशाक, होटल लगायतका स्टलहरु महोत्सवमा रहेका छन् ।

 महोत्सव दुई दिन थप

तेस्रो मनहरी महोत्सवको समयावधि दुई दिन थप गरिएको छ । माघ १४ गते उद्घाटन गर्ने भनिएको महोत्सव हावाहुरीका कारण १६ गतेबाट मात्रै सञ्चालनमा आएपछि आयोजकले दुई दिन अबधि थप गरेको हो । 

आयोजकका अनुसार नियमित रुपमा माघ २४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ भने त्यसका अतिरिक्त माघ २५ र २६ गते पनि म्याद थपेर महोत्सव सञ्चालन हुनेछ । ‘विशेष परिस्थितिबस महोत्सव अबधि थप गर्नुपर्ने भयो, हामीले म्याद थप गरेका छौँ ।’, महोत्सव मूल आयोजक कमिटी संयोजक गोविन्द रिजालले भने । 

उत्कृष्ट कलाकारहरुको बाढी

माघ १६ गतेदेखि मनहरी ४ बेलुवास्थित मनहरी खोला किनारमा जारी तेस्रो मनहरी महोत्सवमा सबैखाले कलाकारहरु आउने भएका छन् ।
माघ २० गते गायिका माण्डवी त्रिपाठी, नवराज घोरासैनी, मन्जु गौतम, केशव सापकोटा र सुस्मिताको जोडी आउने भएका छन् । त्यसैगरी माघ २२ गते व्यंग्यात्मक कार्यक्रम भद्रगोलका जिग्री, पाँडे र बले आउने भएका छन् भने सोही दिन लोकदोहोरी क्षेत्रका चर्चित गायक पुरुषोत्तम न्यौपाने आउने भएका छन् । साथमा शान्ता परियार पनि रहने आयोजकले जनाएको छ । 

माघ २२ गते हाँस्य कलाकार मनोज गजुरेल र लोकगायक पशुपति शर्मा र सहिमा श्रेष्ठले मन्च तताउनेछन् । माघ २३ गते हेमन्त शर्मा र ज्योति मगरले मनोरन्जन दिने आयोजकले जनाएको छ । त्यसैगरी माघ २४ गते सुगम पोखरेल आउने निश्चित भएको छ । माघ २५ गते शिव परियार र माघ २६ गते प्रमोद खरेल आउने निश्चित भएको मूल आयोजक समितिका संयोजक गोविन्द रिजालले बताएका छन् ।  
 



https://www.thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com