Thursday, 20th August, 2026
वि.स.

३ नम्बर प्रदेश राजधानीः हेटौंडा

Hetauda-bazzar-1509931441.jpg

नेपाल सरकारले मुलुकको सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो । 

निर्णय अनुसार प्रदेश नंबर ३ को प्रस्तावित राजधानी हेटौँडा तोकिएको छ । सरकारले प्रदेश नंबर १ को धनकुटा, २ को जनकपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को दिपायललाई प्रदेशको काम कारबाहीको लागि कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । हेटौँडालाई प्रदेशको राजनधानी बनाउनुपर्छ भन्दै हेटौँडामा जनदवाव समुहको निर्माण गरि विभिन्न चरणमा आन्दोलनहरु भएका थिए ।  

सामान्य प्रशासन मन्त्रालयका संघिय संरचना हेर्ने सहसचिव प्रकाश दाहालले सरकारले तोकेको स्थानलाई पछि प्रदेशसभाले परिवर्तन गर्न सक्ने भएपनि हाल देशभरकै सातवटा स्थानबाट प्रदेश सरकारको काम हुने जानकारी दिए । हाल तोकिएको स्थानमा मुख्य मन्त्री सहितको कार्यालयहरु रहने जनाईएको छ । 

सामान्य प्रशासन कार्यालयका उपसचिव नवराज घिमिरेको अनुसार प्रदेश प्रमुखको नीजि सचिवालयमा सचिव स्तरको एक स्वकिय सचिव,एक उपसचिव तथा एक अधिकृत स्तरको कर्मचारी हुनेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif