Thursday, 20th August, 2026
वि.स.

३६ जनाकाे लागि स्वच्छ ऊर्जा परिचालक बन्ने अवसर, याेग्यता ‌+2
खुलातर्फ १८ जना र महिलातर्फ १८ जनाको कोटा

Untitled-design-(7)-1787203379.png

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हरित जलवायु कोषको सहयोगमा सञ्चालित कार्यक्रमका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। केन्द्रले तराईका २२ जिल्लाका १५० स्थानीय तहमा सञ्चालन भइरहेको "Mitigating GHG emission through modern, efficient and climate friendly clean cooking solutions (CCS)" परियोजनाका लागि ३६ जना कर्मचारी करार सेवामा लिन लागेको हो।

केन्द्रले बिहीबार एक सूचना जारी गर्दै ‘स्वच्छ ऊर्जा परिचालक’ (Clean Cooking Solutions Mobilizer) पदका लागि दरखास्त आह्वान गरेको छ। जसमा खुलातर्फ १८ जना र महिलातर्फ १८ जनाको कोटा छुट्याइएको छ।

उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाण पत्र तह (+२) वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। साथै नवीकरणीय ऊर्जा, सामाजिक परिचालन वा व्यवसाय प्रवद्र्धन/बजारीकरणको क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ।

इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्य अनुभव, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सहित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय ताहाचलमा वा इमेल hr@aepc.gov.np मार्फत आवेदन पेस गर्न सक्नेछन्।

उम्मेदवारहरूको छनोट शैक्षिक योग्यता र अनुभवको आधारमा संक्षिप्त सूची (सर्टलिस्ट) तयार गरी लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ। परीक्षाको पाठ्यक्रम केन्द्रको आधिकारिक वेबसाइट www.aepc.gov.np मा उपलब्ध गराइएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif