Monday, 24th August, 2026
वि.स.

अंग्रेजी पढाउन थाहा–१२ जाने हो त ? जागिर खुल्यो 
जनता आधारभूत विद्यालयले आधारभूत तहका लागि अंग्रेजी विषयको शिक्षक माग गरेको छ

lzIfs-cfjZostf-1787547886.png

मकवानपुरको थाहा नगरपालिका–१२ स्थित श्री जनता आधारभूत विद्यालयले आधारभूत तहका लागि अंग्रेजी विषयको शिक्षक माग गरेको छ। विद्यालयले वडा अनुदानअन्तर्गत रिक्त रहेको अंग्रेजी शिक्षक पदपूर्तिका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो। 

सूचनामा आधारभूत तह अंग्रेजी शिक्षकका लागि लिखित तथा अन्तर्वार्तामार्फत छनोट गरिने जनाइएको छ। परीक्षाका लागि रु। ५०० शुल्क तोकिएको छ।

उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अंग्रेजी मूल विषय लिई प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

दरखास्त श्री जनता आधारभूत विद्यालय, थाहा–१२, पनेरुडाँडा, मकवानपुरमा बुझाउनुपर्नेछ। दरखास्त दिने अन्तिम मिति १९ भदौ २०८३ तोकिएको छ। तलब थाहा नगरपालिका–१२ नं. वडा कार्यालयबाट तोकिएबमोजिम हुने विद्यालयले जनाएको छ।

सम्पर्क मिति २० भदौ २०८३ तोकिएको छ भने परीक्षा मिति सम्पर्क मितिका दिन तोकिनेछ।

दरखास्तसँग शिक्षक अनुमति पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्नेछ। अनुभव तथा थप योग्यता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ। लिखित परीक्षाको दिन सबै प्रमाणपत्रका सक्कल कागजात अनिवार्य रूपमा ल्याउनुपर्नेछ।

विद्यालयले परीक्षाशुल्क जम्मा गरेको सक्कल भौचरसमेत दरखास्तसँग संलग्न गर्नुपर्ने जनाएको छ।

थप जानकारीका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसँग सम्पर्क गर्न सकिनेछ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०