nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरे कलाकार आशाकाजी श्रेष्ठको देउसी गीत सार्वजनिक (भिडियो सहित)

मकवानपुरका कलाकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ आशाकाजी श्रेष्ठले सांस्कृतिक,संरक्षण र प्रवद्र्धनका लागि देउसी गीत सार्वजनिक गरेका छन् ।

‘देउसी आए घर घर डुल्दै’ र ‘यही गाउँको मायाले’ बोलको २ वटा गीतलाई भिडियो सहित सार्वजनिक गरिएको हो । मकवानपुरको हेटौँडालाई कर्मथलो बनाएर करिब ३ दशकदेखि नाट्य तथा संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका प्राज्ञ श्रेष्ठले देउसी गीतमा मौलिक देउसीको आभाष दिलाउन सफल भएका छन् ।

कलाकार श्रेष्ठको स्वरमा सजिएको गीतमा उनलाई राजु केसी, अस्मिता ढकाल र सुस्मिता गौतमले साथ दिएका छन् । गीतमा मदन गुरुङको शब्द तथा संगीत रहेको छ । विषेश्वरी मलेकुको परिकल्पनामा तयार भएको गीतको म्यूजिक भिडियोलाई दिलकुमार लामाले निर्देशन तथा अनुप मानन्धरले कोरियोग्राफी गरेका छन् । श्रेष्ठको ‘यही गाउँको मायाले’ बोलको गीतमा आशिष श्रेष्ठले मोडलिङ गरेका छन् । गीतको म्यूजिक भिडियोमा केशव सापकोटा र बिनोद बानियाँको छायाँकन रहेको छ ।

हेर्नुहोस् भिडियो:

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)