Thursday, 20th August, 2026
वि.स.

स्कटल्याण्ड बन्यो नि:शुल्क बनाउने पहिलो देश

senetary-pad_T3cQJmRkrm-1606307865.jpg

स्कटल्याण्ड सेनेटरी उत्पादन निःशुल्क बनाउने पहिलो राष्ट्र बनेको छ। स्कटल्याण्डको संसदले सेनेटरी उत्पादन नि:शुल्क बनाउने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। अब त्यहाँका महिलाका लागि आवश्यक परेजति सेनेटरी उत्पादन नि:शुल्क प्राप्त गर्नेछन्।

सरकार प्रमुख निकोला स्टर्जनले उक्त निर्णय महिलाका लागि निकै महत्वपूर्ण भएको बताएकी छन्। 

दुई वर्षअघि स्कटल्याण्डको सरकारले छात्राका लागि ‘फ्री सेनेटरी प्रोडक्ट’ कार्यक्रम ल्याएको थियो। उक्त कार्यक्रमले विश्वव्यापी प्रशंसा पाएको थियो। स्कटल्याण्डको उक्त कार्यक्रमलाई अरू देशले पनि पच्छ्याएका थिए।

नि:शुल्क प्याड वितरणको प्रबन्ध मिलाउने जिम्मेवारी स्थानीय अधिकारीलाई दिइने भएको छ। विधेयककी प्रस्तावक मोनीका लेननले सरकारलाई धन्यवाद ज्ञापन गरेकी छिन्। यो निर्णयले आममहिलाको जीवनमा ठूलो अर्थ राख्ने उनको बुझाई छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif