Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुन्दर युवा सञ्जालका अध्यक्षमा पुनः छत्कुली

हेटौंडाको चौकीटोलमा रहेको  सुन्दर युवा सञ्जिालको अध्यक्षमा पुनः जीवन छत्कुली चयन भएका छन् । शनिबार भएको पहिलो वार्षिक साधारणसभाबाट छत्कुलीको अध्यक्षतामा ११ सदस्ययि नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा सन्तोष पराजुली, सचिव सन्तोष सन्जेल, सहसचिव प्रेमिका लामा, कोषाध्यक्ष सञ्जय पौडेल रहेका छन् । त्यस्तै सदस्यहरुमा गिरी पर्वतराज वर्तौला, केदार रेग्मी, रमा हुमागाईं, शुशील ढकाल, अविन काफ्ले र ज्योति पराजुली रहेका छन् । 

संस्थाका अध्यक्ष जीवन छत्कुलीको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा वडा नम्बर एकका अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । सभामा सचिव सन्तोष पराजुलीले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सन्तोष सन्जेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल अडिट एशोसिएसनका केन्द्रीय सचिव राजेन्द्र ढुङ्गाना, सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमल लामा, ओम वृद्धाश्रमका अध्यक्ष वुद्धिप्रसाद पौडेल, भ्वाइस अफ युथका महासचिव लक्ष्मण पराजुली, युवा सञ्जालका सल्लाहकार पुरुषोत्तम पराजुली, किशोर ढकाल र देवेन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।   



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०