thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

सामाजिक सुरक्षा भत्ता लिएर जुवा खेल्दै गरेकाे अवस्थामा वडाध्यक्ष पक्राउ

राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खालमा बसेका एकजना जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट गएको टोलीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम ढाँटेर विजय तामाङ बताइका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बृद्ध र बिधवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ बरामद भएको छ । माओवादी केन्द्रका जिल्लास्तरीय प्रभावशाली नेता मानिने तामाङको पक्राउपछि पार्टीले पनि छानविन थालेको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार, उनलाई छुटाउन केही नेताले दबाबसमेत दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०