Sunday, 16th August, 2026
वि.स.

लसएन्जल्समा बसोबास गर्ने कलाकर्मीहरुको सहकार्यमा म्यूज़िक भिंडियों सार्बजनिक [हेर्नुहोस् भिडियो सहित]

अमेरिकामा रहेका नेपाली कलकारहरुले भन पहिले बोलको म्युजिक भिडोयो सार्वजनिक गरेको छ । 

नेपालमा रहँदा बिभिन्न बिधामा सक्रिय कलाकर्मीहरु प्रवासमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उध्येश्यले विभिन्न कार्यक्रमहरुको आयोजना हुने गर्दछन त्यस्तै लसएन्जल्समा बसोबास गर्ने कलाकारहरुको सहकार्यमा “भन पहिले” बोलको म्यूजिक  भिडियो सार्वजनिक गरिएको छ ।

जसमा एस.राज प्रोडक्शनका डायरेक्टर एस.राज (शंकर वाग्ले)का गित रचना, भिंडियों तथा निर्देशन रहेको छ । उहाँले यसअघि नेपाली चर्चित टेलिफलिम मेरी बास्सै मा निकै रुचाईएको भुमिका राईफलेका रुपमा प्रस्तुत भएका थिए भने कान्तिपुर टेलिभिजनको घरबेटी (बा टेलिश्रखलामा समेत प्रमुख भुमिकामा रहेर अभिनय गरेका थिए । 
यसै सन्दर्भमा हाल भर्खरै आफ्नो जन्म दिनको अवसरमा एस राज ९शंकर राज वाग्ले० ले “भन पहिले “ नामक म्यूज़िक भिंडियों सार्वजनिक गरेका छन । 

यसमा स्वरर संगीत गायककार नरेन्द्र प्यासीको रहेको छ एंव मुख्य कलाकारहरु यम चापागाई, रोशिना कोईराला, अमित लुईटेलको मुख्य भुमिका रहेको छ र साथै बिदुर पाठकले  स्क्रिन प्लेको भुमिका गरेका छन् भने भिंडियों एस राज प्रोडक्सनबाट सार्वजनिक गरिएको छ। 

यस कार्यक्रममा भिडियोलाई सार्वजनिक गर्दै सम्पुर्ण कलाकर्मीहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्ष सुदिप पन्तले बधाई तथा शुभकामना ब्यक्त गर्दै   एस राज प्रोडक्शनका राम्रो युवा टिम र राम्रो कार्यको प्रसंसा गरेका थिए र सो कार्यक्रममा लसएन्जल्सबासी सम्पुर्ण पत्रकारहरु ,फेरी भेटौला भन्ने नेपाली फिल्मको नायक रत्न थापा लगायत  संगितलाई माया गर्ने ब्यक्तित्व तथा कलाप्रेमीहरुको उपस्थिति रहेको थियो ।

हेर्नुहोस् भिडियो:

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०