Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मालपोत कार्यालयको सेवा ठप्प

Malpot-Makawanpur_Tukhaba-1505105115.jpg

२६ भदौ । बुधबारदेखि मालपोत कार्यालय मकवानपुरको सेवा ठप्प भएको छ । मालपोत कार्यालयको अनलाईन सिस्टम छरितो नभएको कारण समस्या बढेको छ । सर्भर डाउन हुने कारणले गर्दा मालपोतको काम नै ठप्प भएको बताइएको छ

जग्गाका काम लिएर मालपोत कार्यालय पुगेका सर्वसाधारणहरुलाई साँझ ४ सम्म कुराएपछि सर्भरमा समस्या आएका कारण काम नभएको भन्दै मालपोत कार्यालयले फर्काएको हो । लेखापढी व्यवसायी गरीरहेकाहरुले समेत मालपोत कार्यालयलाई जानकारी गराउँदा समेत यसको सुनुवाई नभएको आरोप लगाएका छन् । कार्यालय भने आज सोमबारसम्ममा समस्या समाधान हुने जानकारी दिएको छ ।