Wednesday, 19th August, 2026
वि.स.

माछा मासु व्यवसायी संघद्वारा मामाघरलाई सहयोग

विगत लामो समय देखि हेटौँडालाई सडक बालबालिका मुक्त सहर बनाउने अभियानमा सकृय मामाघर नेपाल मकवानपुरलाई माछा मासु व्यवसायी संघ, मकवानपुरले आर्थिक सहयोग गरेको छ । 

संघका अध्यक्ष शान्तकी खड्गीबाट १ ट्रिप गिट्टि, वरिष्ठ उपाध्यक्ष बिनोद शाहीबाट १० बोरा सिमेन्ट र उपाध्यक्ष सुवास खड्गीबाट २ ट्रिप बालुवा गरी जम्मा बीस हजार रुपियाँ बराबरको सहयोग गरेको जनाइएको छ । 

मामाघर नेपालको बालमैत्री भवन निर्माणको लागी संघका महासचिव नारायण राजथला र कोषाध्यक्ष चन्द्र शाहीको रोहवरमा मामाघर नेपालका सचिव देवराज लामिछानेलाई हस्तान्तरण गरिएको मामाघर नेपालका अनिल अधिकारीले जानकारी दिए ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif