nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा चुनावका लागि खटिने कर्मचारीलाई आज र भोली नियुत्तिपत्र वितरण गरिदै

mukha-nirbachan-adhirkit-1668406474.jpg

२८ कार्तिक २०७९, सोमबार 

  मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर खटिने कर्मचारीहरुलाई आज र भोली नियुक्ती पत्र वितरण गरिने भएको छ । मकवानपुरको क्षेत्र नम्बर–१ र २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनावमा खटिएका कर्मचारी र शिक्षकहरुलाई आज र भोली नियुक्तीपत्र वितरण गर्न लागेको हो ।

जुन निर्वाचन क्षेत्रमा खटिएका छन् त्यही निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई नियुक्तीपत्र वितरण गर्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । जिल्लामा ३ हजार जना कर्मचारी खटाइने भएको छ । ३ हजार जना कर्मचारी मध्यमा ५ सय जना सहायक स्तरका शिक्षकहरुलाई पनि खटाउने भएको छ । नियुक्तपत्र लिइसकेपछी कर्मचारीलाई चुनाव खर्च र मतपत्र लगायतका मतदानका दिन चाहिने सामाग्री पनि हस्तान्तरणको तयारी गरिएको उहाँले वताउनुभयो ।

हेटौंडामा रहेका बिभीन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ५ सय जना कर्मचारी र अरु पाँच सय जना सहायक स्तरका स्थायी शिक्षकहरुलाई चुनावमा खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।

मकवानपुरका प्रत्यक मतदान केन्द्रमा कर्मचारीहरु खटाउन लागिएको छ । स्थानीय तहको चुनावमा भन्दा अहिले प्रदेश र प्रतिनिधीसभाको चुनावमा धेरै कर्मचारी यस जिल्लामा खटिने भएका हुन् । निर्वाचनमा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई आज र भोली नियुक्तपत्र वितरण गर्ने र निर्वाचनका सामाग्री जिम्मा लगाउने तयारी समेत भएको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिब स्तरमा मतदान अधिकृत रहेका छन् भने अधिकृत स्तरका सहायक अधिकृत खटिएका छन् । जिल्लाको गाउँ गाउँमा भने अधिकृत तहका मतदान अधिकृत खटाइएको छ भने नायव सुव्बा तहका कर्मचारीलाई सहायक अधिकृतको रुपमा खटाइएको छ । शिक्षकहरुलाई भने सहायक स्तरका कर्मचारीको रुपमा मात्र खटाइएको उहाँले वताउनुभयो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)