Tuesday, 18th August, 2026
वि.स.

एमाले थाहानगर अधिवेशनकाे तयारी पूरा, नयाँ कमिटी चयन हुने

IMG_20240310_211803-1710085149.jpg

साेमबार  २८ फागुनमा हुने नेकपा एमाले थाहा नगर अधिवेशनको तयारी पूरा भएको छ। अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ।

अधिवेशनको उद्घाटन सत्रका लागि एमाले पोलिटव्युरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवाली, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललगायतको आतिथ्यता रहने एमाले नेता सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिवसचिव पदाधिकारी सहित अधिकतम ७५ सदस्यीय नगर कमिटीको निर्वाचन गर्नेछ । महत्त्वका साथ हेरिएको यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास लिइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif