nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 23rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले थाहाकाे अध्यक्षमा प्रधान, सचिवमा रायमाझी

IMG_20240312_090402-1710213561.jpg

नेकपा एमाले थाहानगर कमिटिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्वाचित भएका छन् । एमाले थाहानगरको तेस्रो अधिवेशनबाट प्रधान निर्विरोध निर्वाचित भएका हुन् । २८ फागुनमा पालुङ जेसिज सभाहलमा भएको अधिवेशनमा अध्यक्ष पदका लागि कल्पना बलामी, बिमल कुमार ढकाल र बलराम थापाले उमेद्वरी दर्ता गराएका थिए ।

वि.सं. २०५३ सालबाट अनेरास्ववियु जनकल्याण मावि प्रारम्भिक कमिटीबाट राजनीति शुरु गरेका प्रधान सोही कमिटिको सचिव भएका थिए । वि.सं. २०५९ सालमा जिल्ला कमिटी उपाध्यक्ष, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय प्रचार विभाग सदस्य समेत भएका थिए । एमाले संवद्ध प्रेस चौतारी मकवानपुरका संस्थापक सदस्य रहेका प्रधान प्रस्तावित थाहा नगर कमिटीको सचिव थिए । उनले २ वर्ष सचिव भएर थाहानगर कमिटिमा काम गरेका छन् । एमाले मकवानपुर जिल्ला कमिटि सदस्य पदमा उनी दुई कार्यकाल निर्वाचित भैसकेका छन् । प्रधान पछिल्लो समय थाहानगर सह–ईञ्चार्जको जिम्मेवारीमा रहेका थिए ।

नगर कमिटिको उपाध्यक्षमा हेम कुमार थिङ, सचिव सुजन रायमाझी, उप सचिव (महिला)मा तुलसा विष्ट, उपसचिव खुल्लामा सुर्य बहादुर दोङ निर्वाचित भएका छन् । अधिवेशनले ६७ सदस्यीय नगर कमिटि चयन गरेको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)