Wednesday, 19th August, 2026
वि.स.

थानकोट चित्लाङ सडकमा क्र्यास ब्यारियर राख्न वर्तौलाको पहल

IMG_20240116_181245-1705408100.jpg


आज मंगलबार प्रतिनिधि सभामा मकवानपुर निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचित साँसद महेश वर्तौला थानकोट चित्लाङ सडक मर्मत, सडक दुर्घटनाको जोखिम स्थानहरुमा क्र्यास ब्यारियर तथा तारजाली राख्नका लागि पहल गर्नु भएको छ । वर्तौलाले विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुन प्रसाद अर्याल तथा सडक डिभिजन कार्यालय, काठमाण्डौं प्रमुख नारायण भण्डारीलाई निर्देशन दिएका छन् । 
नेकपा ९एमालेका सचेतक समेत रहेका वर्तौलाले आज नै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई समेत भेटी चित्लाङ सडकको स्तरिकरण तथा दुर्घटनाको जोखिम न्युनिकरणका लागि आवस्यक व्यवस्थापनमा ध्यान  दिन आग्रह गर्नु भएको छ ।
गत शनिवार मात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । यो दुर्घटना उक्त सडकको सेतो पहरा नामको स्थानबाट भएको थियो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा। महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो । कारबाट ओर्लेकी स्मारिकाकी आमा डा। सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif