nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादीकै नेतृत्वमा ब्यवस्था परिवर्तन भएको हो : मोक्तान

IMG_20231105_182950-1699188308.jpg

माओवादी आन्दोलनसंगै लामो संघर्षबाट राज्य ब्यवस्थामा परिवर्तन आएको नेकपा (माओबादी केन्द्र) की केन्द्रिय सदस्य एवम् मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले बताएकी छन् ।

१९ कात्तिकमा माओवादी केन्द्रकाे जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको थाहा नगरपालिका वडा नम्बर ५ को सम्मेलनलाई संबोधन गर्दै मोक्तानले परिवर्तन पश्चात् प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि माओवादीको महत्त्वपूर्ण भुमिका हुने धारणा राखिन् ।

बागमती प्रदेश सरकारको सामाजिक बिकास मन्त्री समेत रहेकी मोक्तानले जनभावना अनुसारको बिकासका लागि गुरुयोजना सहितको योजना बनाउन आग्रह गरिन् ।

उनले थाहानगरको बिकासको लागि आफू प्रतिबद्ध रहेकाे बताइन् ।

यसैबिच सम्मेलनले थाहा नगरपालिका वडा नम्बर ५ मा निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ।

कमिटिको उपाध्यक्षहरुमा अजय गुरुङ, बिरमान थिङ र रहरबहादुर घलान, सचिवमा श्रीकृष्ण लामा, सहसचिवमा विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबा चयन भएका छन् ।

माओवादी केन्द्र वडा न ५ का अध्यक्ष जगन्नाथ वाइवाको सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा माओवादी केन्द्रका उपत्यका बिशेष कमिटीका उपाध्यक्ष तथा ३ महिने अभियान अन्तरगत थाहानगर कमान्डर प्रकाश चन्द्र पाण्डेको बिशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै सम्मेलनमा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगर अध्यक्ष बिनोदकुमार लामा, अभियानका वडा नम्बर ५ का कमान्डर अरुण रायमाझी, वाइसिएल थाहा नगर अध्यक्ष मानसिंह दोङ लगायतका माओवादी नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)