Sunday, 9th February, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

एमाले थाहा नगर अधिवेशनको उद्घाटन ईश्वर पोखरेलले गर्ने

Screenshot_20240305_13092-1709623532.jpg

नेकपा एमाले थाहा नगर अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नु हुने भएको छ ।

फागुन २८ गते प्रमुख अतिथि पोखरेलले जेसीज हलमा हुने तेस्रो नगर अधिवेशनको उद्घाटन गर्नु हुने कार्यक्रम तय भएको एमाले नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन सत्रका लागि एमाले पोलिटव्युरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवाली, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललगायतको आतिथ्यता रहने जनाएको छ । 

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिवसचिव पदाधिकारी सहित अधिकतम ७५ सदस्यीय नगर कमिटीको निर्वाचन गर्नेछ । महत्त्वका साथ हेरिएको यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास लिइएको छ । अधिवेशनका लागि खुल्ला १ सय १३, महिला ४० र दलित २३ गरि कुल १ सय ७६ जना प्रतिनिधिहरु वडा अधिवेशनबाट चयन भइसकेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०