Thursday, 20th August, 2026
वि.स.

मकवानपुरमा कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता

ambulance-1603259782.jpg

कोरोना संक्रमितलाई अस्पताल ल्याउने–लैजाने मकवानपुरका एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता दिइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकले कोरोनाका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

मकवानपुरबाट काठमाडौं बिरामी लिएर जाने चालकले थप एक हजार रुपैयाँ र चितवन जाने चालकले ५ सय रुपैयाँ साबिकको भाडादरमा थप गरी लिने सक्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

थपिएको प्रोत्साहनबापतको रकम कोरोनाका बिरामी बोकेका एम्बुलेन्स चालकले मात्र लिन पाउनेछन् । साबिककै भाडादर कायम रहने गरी कोरोनाका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने निर्णय गरिएको हो । मकवानपुरमा ३१ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

बैठकको निर्णयअनुसार अब हेटौंडाबाट काठमाडौं ७ हजार ५ सय, चितवनको ३ हजार, वीरगन्जसम्मको २ हजार, हेटौंडा बजार चार किल्लाभित्र ३ सय र नगरबाहिर ३ सयसहित प्रतिकिलोमिटर २५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।कान्तिपुरबाट ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif