Thursday, 20th August, 2026
वि.स.

बलात्कारमा मिलापत्र गराउनु कसूरजन्य कार्य हो : महान्यायाधिवक्ता

Agni-Kharel1-1602634341.jpg

महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा स्थानीय जनप्रतिनिधिकै रोहवरमा मिलापत्र गराएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचलित कानूनले जवरजस्ती करणी सम्बन्धी कसूरलाई सरकार वादी हुने मुद्दाको रुपमा परिभाषित गरेको र यस्ता कसुरबारे जानकारी हुनेले प्रहरीलाई सूचना दिनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘गैरकानूनी रुपमा मिलापत्र र सहमति गराउने कार्य आफंैमा कसूरजन्य कार्य हो भन्ने सबैमा स्मरण गराउन चाहन्छु । जवरजस्ती करणी जस्ता मानव मर्यादामा गम्भीर चोट पुग्ने कसूर कुनै पनि कारण वा बाहनामा न्यायिक प्रक्रियाभन्दा बाहिरबाट समाधान गर्न सकिदैन ।’

उनले यस्ता कसूरको अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियामा सक्रिय सहयोग गर्न नागरिक समाज, जनप्रतिनिधि सबैलाई अनुरोध समेत गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif