nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुमुखी क्याम्पसमा क्रान्तिकारी संयूक्त प्यानल विजयी

मकवानपुर स्थित पालुङ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु क्रान्तिकारी प्यानल विजयी भएको छ । फागुन १८ मा भएको निर्वाचनबाट ६३ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । गोलेले अनेरास्ववियु प्यानलका सभापतिका दावेदार गणेश खत्रीलाई ३८ मतले पछि पार्दै विजयी भएका हुन् । खत्रीले जम्मा २६ मत पाए । राप्रपा समर्थित विद्यार्थी संगठन राप्रविसंकी सुरुचि शाहले ४ मत प्राप्त गरिन् । शाहको एकल प्यानल रहेको थियो । तीन मत बदर भएको थियो । 

मत गणना अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नयाँ शक्तिको संयूक्त प्यानलबाट सभापतिका उमेद्वार गणेश खत्रीको १६ र नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसको संयूक्त प्यानलबाट सभापतिको उमेद्वार मुकेश गोलेले ३८ मत प्राप्त गरेका छन् । 

क्रान्तिकारी प्यानलबाट सचिव ५७ मत सहित संजिता गोपाली सचिव, ६० मत सहित कविता विष्ट कोषाध्यक्ष तथा सदस्यहरुमा ६१ मत सहित आयुष विक, ६३ मत सहित रजनी कार्की र ५६ मत सहित ललिता कुमारी अर्याल सदस्यमा निर्वाचित भएकी छिन् । निर्वाचनमा सचिवको ७ मत बदर भएको छ भने कोषाध्यक्षको १० मत बदर भएको छ ।

त्यस्तै पराजित भएका गणेश खत्री प्यानको सचिव कमल विष्टले ३२, कोषाध्यक्ष कृति लोले २६ तथा सदस्य सुस्मिता ढकालले २५, विकेश गोपालीले ३० र सरस्वती लामाले २९ मत प्राप्त गरिन् ।

समानुपातिक तर्फ विजयी गोले प्यानलले ५६ मत प्राप्त गरेको छ भने खत्री प्यानलले ३५ मत पाएको छ । समानुपातिकमा ५ मत बदर भएको छ । क्रान्तिकारी प्यानलले रिस्ता खत्री र रिकेश गोपाली तथा अनेरास्ववियु प्यानलबाट सुष्मा विष्ट मध्येबाट उपसभापति र सहसचिव मनोनित हुने भएकाछन् । त्यस्तै अनेरास्ववियुबाट मञ्जरी बलामी र क्रान्तिकारीबाट शीखा विश्वकर्मा सदस्यमा मनोनित हुनेछन् ।   

१८ फागुन विहान भएको  निर्वाचनमा ९६ मत खसेको थियो । १८ फागुनमा विहान साँढेसात बजेबाट शुरु भएको मतदान ११ बजे सम्पन्न भएको थियो ।  पालुङ बहुमुखी क्याम्पसमा १०२ मतदाता रहेका थिए ।
 



default.png

शुभराज गोले

shubharaj.tamang@gmail.com







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg