Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पर्यटन शुल्क स्थानीय तहले उठाउन नपाउने

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई पर्यटन शुल्क असुल्नमा रोक लगाएको छ । केही तहले आन्तरिक र बाह्य पर्यटकसँग आफूखुशी शुल्क असुल्न थालेको गुनासो आएपछि मन्त्रालयले उक्त कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको निर्देशनमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम भौगोलिक सीमामा प्रवेश गरेवापत शुल्क तथा दस्तुर लिन मिल्दैन ।’ स्थानीय सरकार सञ्चालन ऐनअनुसार पदयात्रा तथा पर्यटन शुल्कको दर प्रदेशले निर्धारण र संकलन गर्छ ।

उद्यान, चिडियाखाना, ऐतिहासिक तथा पुरातात्विक सम्पदा र संग्रहालयको मात्रै शुल्क स्थानीय निकायले निर्धारण गर्न सक्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०