Wednesday, 19th August, 2026
वि.स.

पक्राउ परेकाहरु हिरासत मुक्त, होटलको ताला खोलियाे 

खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई हिरासत मुक्त गरिएको छ भने होटलको ताला खोलिएको छ ।आर्शिवाद होटलका प्रकाश रेग्मी, कालिका होटलका सुरेन्द्र पुडासैनी, हाईवे होटलका विवेक रुवाली र दिपज्योति होटलका अनिता पुडाशैनीलाई जनही २५ हजार रुपैंया लिएर छोडिएको हो ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरका नायब सुव्बा सहदेव आचार्य, मकवानपुर उद्योग बाणिज्य संघको प्रतिनिधीको उपस्थितीमा ताला खोलिएको हो । खाद्य तथा पेयपदार्थमा बढी मुल्य लिई बिक्री गरेको पाईएपछि शुक्रबार पक्राऊ गरि प्रहरीले हिरासतमा लिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif