nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दशैंको बेलामा रामकुमारको ‘प्रदेशबाट’ सार्वजनिक [हेर्नुहोस् भिडियो सहित]

मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित नेपालकै लामो फलामे भर्‍याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार एवम् निर्माता रामकुमार प्रधानको पहिलो म्युजिक भिडियो शनिबार घटस्थापनाको अवसर पारेर चर्चित ओयसआर डिजिटलले युटुव च्यानलमार्फत् सार्वजनिक गरेको हो । 

दामनका स्थानीय समाजसेवी विनोदकुमार लामाको परिकल्पनामा निर्माण गरिएको फलामे भर्‍याङ र भर्‍याङ चढेर पुगिने प्राकृतिक टावरमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो १ कार्तिकमा सार्वजनिक भएको हो । पालुङ जेसीजका पूर्व अध्यक्ष एवम् नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यले निर्देशन गर्नुभएको रामकुमार प्रधानको ‘परदेशबाट’ गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुवाष सोनामले मोडेलिङ गरेका छन् भने पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत अभिनय रहेको छ ।  गीतमा चन्द्र श्रेष्ठको संगीत र प्रताप दासको श्वर रहेको छ । 

देवेन्द्र गिरी ‘हुरहुर’ को छायांकन रहेको उक्त म्युजिक भिडियोमा मेकअप रवि केसीको रहेको छ । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ । 

हाल संयुक्त अरब इमिरेट्स (युएइ) स्थित आवुधाबीमा रहनुभएका गीतकार एवम् निर्माता प्रधानले दामनको कीर्तिमानी फलामे भ¥याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो बन्न सफल भएकोमा आफूलाई निकै खुशी लागेको बताए । यो । यसअघि उनको एउटा गीत रेकर्ड भइसकेको भए पनि म्युजिक भिडियोसहित सार्वजनिक भएको पहिलो हो । 

गीतकार प्रधानले ‘परदेशबाट घरदेश जाने दाइ, सञ्चै छ रे भनिदिनू मेरी प्यारीलाई’ भन्दै गीतमार्फत् परदेशमा आफ्नो प्यारीको सिरानीमा राखेको फोटोबाहेक अरु सबै विरानी भएको र अर्को साल आफू पनि घर आउने बताए । म्युजिक भिडियोमा संगीत संयोजन आमोस गोलेको रहेको छ भने निसान घिमिरेको सम्पादन रहेको छ । 

आफ्नो २७ औं निर्देशनमा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएपछि थाहापाटीसित प्रतिक्रिया व्यक्त गर्दै निर्देशक अमात्यले भन्नु भयो, ‘राष्ट्रिय ख्यातीप्राप्त टिमसँग काम गर्ने अवसर पाएँ, अघि बढ्न अझ उत्साह थपिएको छ ।’ 

‘परदेशबाट’ गीतको म्युजिक भिडियोमा दामनको भर्‍याङ र प्राकृतिक टावरको अतिरिक्त थाहा नगरका विभिन्न दृश्यहरु समेटिएका छन् । 

हेर्नुहोस् भिडियो :

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)