Wednesday, 19th August, 2026
वि.स.

थाहा नगरपालिकाबाट विहान ९ बजेबाटै सेवा शुरु

मकवानपुरको थाहा नगरपालिकाले १ कार्तिकबाट विहान ९ बजेबाटै सेवा सुचारु गरेको छ । कार्यालयमा कर्मचारीको कमी हुँदा पनि प्रभावकारी तथा सर्वसुलभ सेवा प्रदान गर्नको लागि विहान नौ बजेबाटै सेवा थालनी गरिएको  कार्यकारी अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृतको रुपमा आएका हरिलाल पुरीको अध्यक्षतामा २३ असोजमा बसेको पहिलो कर्मचारी बैठकबाट निर्णय गरी कार्यान्वयनमा ल्याइएको हो । 

यसरी विहान ९ बजेबाटै सेवाग्राहीलाई सेवा प्रदान गर्ने थाहानगर जिल्लाकै पहिलो स्थानीय तह भएको छ । कार्यालय समयमा कर्मचारीहरुले इमान्दार भएर काम गर्न कार्यकारी अधिकृत पुरीले निर्देशन दिएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif