Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा दशदिने पत्रकारिता तालीम सकियो

थाहा नगरपालिकाको विकास घरमा जनमुखी अभियान प्रा.लि.ले संचालन गरेको दशदिने दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालीम सकिएको छ । थाहानगर प्रमुख लवशेर विष्टको प्रमुख आतथ्यमा ३० भाद्रमा भएको समापन  कार्यक्रममा विष्टले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । 

कार्यक्रममा नेकपा माओवादी निकट प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैंया विष्ट, नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडाध्यक्षहरु थाहा ३ का राजेश के.सी., थाहा ४ का दिपकसिं लामा, नेकपा माओवादी केन्द्रका थाहानगर कमिटि अध्यक्ष अरुण रायमाझी, पत्रकार कृष्ण सारु, माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको  तर्फबाट विजयी पालुङ क्याम्पस स्ववियू सभापती मुकेश गोले, प्रेस सेन्टर २ नं. प्रदेश सदस्य शम्भु अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम माओवादी निकट प्रेस सन्टर थाहानगका संयोजक तालिम संयोजक इच्छापूर्ण कार्कीको सभाध्यक्षतामा भएको थियो । तालीम आयोजना गर्ने जनमुखी अभियानले विभिन्न मिदिया संचालन गर्ने जनाउँदै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०