Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम

मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म सञ्चालित तालिम बालकल्याण समाज मकवानपुरको आयोजना तथा मर्सिकोर नेपालको सहयोगमा भएको हो ।

बकैया गाउँपालिका र जिल्ला रेडक्रस सोसाइटी मकवानपुरको समन्वयमा भएको तालिममा छतिवनका पाँच वटा विद्यालयका विद्यार्थीको सहभागिता थियो । रेडक्रस सोसाइटी, विपद् संयोजक छतिवन उपशाखाका संयोजक हरिहर खनालको अध्यक्षता तथा बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेको  प्रमुख आतिथ्यमा तालिम समापन गरिएको छ । समापन कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री रिता खनाल, बालकल्याण समाज मकवानपुरका परियोजना अधिकृत आरपी दाहाल लगायतको आतिथ्यता थियो ।

तालिममा लक्ष्मण भट्टराई, यशोदा श्रेष्ठ, रामजी खतिवडा र स्वस्तिका थापाले सहजीकरण गरेको परियोजनाका लेखा अधिकृत केशव दाहालले जानकारी दिए ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०